कान्छो जिल्ला सदस्य त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा

पाेखरा | भदौ १९, २०७९

कान्छो जिल्ला सदस्य त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा

 

पोखरा  :  आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् । 

 


एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी  निवेदन माग गरेको थियो । 

 

कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत  एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन्  । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चामा आएका थिए । 

 

अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन्  । विद्यार्थी राजनीतिमा उमेर  हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजनीतिबाट राजीनामा दिएका थिए ।

 

जिल्लाको १० औँ जिल्ला अधिवेशनमा खुल्ला सदस्य तर्फ लोक प्रिय मतका साथ चुनाव जितेर उनी सवै भन्दा कान्छो जिल्ला सदस्यमा निवार्चित भएका थिए ।

 

उनले आफ्नो अध्ययन पुरा भए पछि विद्यार्थी राजनीतिको केन्द्रीय सदस्यबाट राजीनामा दिएर खुल्ला रुपमा मुल धारको राजनीतीमा  प्रवेश गर्ने स्वघोषणा गरेका थिए । 

 

 एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी  आहवान गरेको क्षेत्रीय संयोजक कर्ण गुरुङले जानकारी दिनु भयो । 

 

उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न  एमालेबाट ९ जनाले आकांक्षा व्यक्त गरेका छन् ।  देवी सुवेदी जगत वि.क, गणेश गुरुङ , जगन्नाथ वास्तोला लगाएत रहेका छन् । 


 

पोखरा:  पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ ।  साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

थप पढ्नुहोस्

पोखरा:  १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

थप पढ्नुहोस्